Developed By Kuldeep Sharma

May 12, 2022

उपाधि नजिक रहेको सिटीको शानदार जित, १७ मिनेटमै डिब्रुनेको ह्याट्रिक

काठमाडौं । इंग्लिस प्रिमिरियर लिगमा गएराति भएको आफ्नो ३६ औँ खेलमा उपाधिक नजिक रहेको म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ।

सिटीले उल्भ्सलाई उसकै मैदानमा ५-१ गोलअन्तरले हरायो। सिटीका लागि बेल्जियन मिडफिल्डर केबिन डिब्रुने एक्लैले चार गोल गरे भने रहिम स्टर्लिङले एक गोलको योगदान गरे।

खेल शुरु भएको सातौँ मिनेटमा नै बर्नान्डो सिल्भाको पासमा डिब्रुनेले शानदार गोल गरेर सिटीलाई अग्रता दिएका थिए। तर ११ औँ मिनेटमा घरेलु टोली उल्भ्सका लागि लिन्डर डिनडोनेकरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

तर डिब्रुनले नै १६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए। खेलको २४ औं मिनेटमा रहिम स्टर्लिङको पासमा उनले व्यत्तिगत तेस्रो गोल गर्दै १७ मिनेटको अन्तरमै शानदार ह्याट्रिक पूरा गरे। पहिलो हाफ ३-१ मा सकिएको थियो।

खेलको दोस्रो हाफको ६० औं मिनेटमा डिब्रुनेले अर्को गोल गर्दै व्यत्तिगत ४ गोल गरे। त्यसपछि खेलको ८४ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीको जितलाई थप मजबुत गरे।

सिटीका लागि उपाधि दौड मजबुत बनाउन यो जित अत्यन्तै महत्वपूर्ण थियो। ३६ औं साताको खेल सकिँदा सिटी ८९ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट लिभरपुल ८६ अंकसहित दोस्रो स्थानमा छ। अब दूई खेल बाँकी छन्।

सिटीले दुवै खेल जितेको खण्डमा या लिभरपुलले एउटा खेल हारेको खण्डमा उपाधि स्वतः सिटीको हुनेछ।

अबका दुवै खेल सिटीले हारे र लिभरपुल ले दुवै खेल जिते उपाधि लिभरपुलको हुनेछ। त्यसैले उपाधिको लागि दुवै टोलीले अन्तिम खेलसम्म कुर्नुपर्ने हुन्छ। अब सिटीको अर्को खेल मे १५ मा वेस्टह्याम र मे २२ मा एस्टन भिल्लासँग छ।

यसैगरी लिगमा हिजो राति भएका अन्य खेलमा चेल्सीले लिड्स युनाइटेडलाई र लेस्चेस्टर सिटीले नर्विच सिटीलाई समान ३-० ले हराउन सफल भए।

त्यसैगरी वार्टफोर्ट र एभर्टनबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma