इलाम । मौन अवधिका बेला गाउँ पसेको भन्दै नेकपा एमालेका सन्दुकपुर गाउँपालिकाका अध्यक्षका उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
अध्यक्षका उम्मेदवार उदय राईलाई गाडीसहित मतदाता प्रभावित पार्न खोजेको भन्दै स्थानीयले घेराबन्दी गरेका थिए। त्यसपछि सशस्त्र प्रहरी बलको स्थानीय इकाइमा उनलाई राखिएको छ। सन्दकपुर गाउँपालिका ५ जमुनामा राति पुगेका उनलाई स्थानीयले घेराउ गरेर सशस्त्रको जिम्मा लगाएका नेपाली काङ्ग्रेस जिल्ला सदस्य प्रकाश भट्टराईले जानकारी दिए।
अध्यक्षका उम्मेदवार राईसहित वडा सदस्य सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ। सशस्त्र प्रहरी बलले राईलाई सुरक्षाका लागि राखेको बताएको छ। राई निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन्।
प्रतिक्रिया