Developed By Kuldeep Sharma

May 12, 2022

राजस्थानमाथि दिल्लीको महत्वपूर्ण जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटलले र राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले पूरा ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो। राजस्थान रोयल्सका लागि रविचन्द्र अस्वीनले ३८ बल खेल्दै अर्धशतक बनाए। अर्द्धशतक बनाएलगत्तै उनी आउट भए।

त्यस्तै देवदत्त पाडिक्कले ३० बल खेल्दै ४८ रन बनाए।  एस्भी जैसवालले १९ बल खेल्दै १९ रनको योगदान गरे।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले मात्र दुई विकेट गुमाएर ११ बल बाँकी छँदै लक्ष्य भेट्टायो। दिल्लीका लागि सबैभन्दा बढी मिचेल मार्सले ६२ बल खेल्दै ८९ रनको योगदान दिए। डेविड वार्नरले ४१ बल खेल्दै ५२ रन बनाए।

त्यसैगरी कप्तान रिसभ पन्त ले ४ बलमा १३ रन बनाउँदै लक्ष्य भेट्टाउन योगदान गरे।

दिल्लीका चेतन सकारियाले ४ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट लिए भने मिचेल मार्सले ३ ओभर बलिङ गरेर २५ रन दिएर २ विकेट लिए। अनरिच र्नोत्जेले ४ ओभर बलिङ गर्दै ३९ रन दिएर २ विकेट लिन सफल भएका थिए।

अब योसँगै दिलली पाँचौं स्थानमा आएको छ भने राजस्थान तेस्रो स्थानमा छ। अब दिल्लीको अर्को खेल मे १६ सोमबार पच्जाब किङ्ससँग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma