Developed By Kuldeep Sharma

May 12, 2022

श्रीलंकामा आगजनी र आक्रमण जारी, देशैभर सुरक्षाबल परिचालन

काठमाडौं। मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न भएको सरकार विरोधी आन्दोलन चर्किएपछि श्रीलंकाले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति गोताबाय राजपक्षले शान्ति–सुव्यवस्था पुनर्स्थापित गर्ने प्रतिबद्धता गरेका छन्। राजपक्षले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका हुन्। सोमवार महिन्द राजपक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रदर्शन चर्कदै गएको हो। सरकारले सुरक्षाकर्मीलाई विरोध प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिएको बताइएको छ।

खाद्यान्न र इन्धन जस्ता आधारभूत उपभोग्य वस्तुहरूको अभाव भएपछि नागरिक आक्रोशित भएका हुन्। राष्ट्रव्यापी कर्फ्यूकाबीच लगातार दोस्रो रातपनि आगजनी र आक्रमणका घटना भएका छन्। धेरैले राजपक्ष र अन्य राजनीतिज्ञका सम्पत्तिलाई निशाना बनाएर आगजनी गरिरहेको बताइएको छ। पूर्व प्रधानमन्त्री राजपक्षका छोराको स्वामित्वमा रहेको रिसोर्टमा समेत आगजनी भएको छ।

सोमवारदेखि जारी हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब दुई सय जना घाइते भएका छन्। पूर्व प्रधानमन्त्री राजपक्षलाई भने सुरक्षाका लागि सैन्य शिविरमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma