Developed By Kuldeep Sharma

May 12, 2022

धर्मेन्द्र बास्तोला रिहा, जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने

काठमाडौं। नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रिहा भएका छन्। बास्तोलालाई पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै विनाशर्त तत्काल रिहा गर्न माग गरेको थियो।

पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै बास्तोलाई रिहा गर्न माग गरेका थिए। बिहीबार दाङको भालुवाङबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो।

नेकपा बहुमतले बुटवल घटनालाई नेपाल नेतृत्वको कम्युनिस्ट पार्टी (माओवादी)ले जिम्मा लिएको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको विज्ञप्तिमा उल्लेख गरेको छ। साथै स्थानीय निर्वाचनका सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने पनि स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma