काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एअरवेजले उडान भर्ने भएको छ।
जेठ २ गते २५६३ औं बुद्ध जयन्तीको अवसरमा औपचारिक उद्घाटनसंगै जजीरा एअरवेजले उडान भर्न लागेको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले मुलुकप्रेसलाई जानकारी दिए। त्यस दिन जजीरा एअरवेजले एक सय ७० जानाको हाराहारीमा यात्रु ल्याउने दाहालले बताएका छन्। दाहालले भने, ‘त्यस दिन कुवेतबाट एक सय ७० जानाको हाराहारीमा यात्रु लिएर जजीरा एअरवेजको विमान आउने र त्यहि विमान मार्फत ती यात्रु फिर्ता जाने छन्। त्यसपछि उक्त एअरवेजले नियमित उडान भर्ने तयारी समेत भएको छ।’
जजीरा एअरवेजले विभिन्न मुलुकबाट गौतमबुद्ध विमानस्थलमा साताको तीनवटा उडान भर्ने बताइएको छ। यसअघि बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय विमानमार्फत ३० जनाको उच्चस्तरीय सुरक्षाकर्मीको टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो।
प्रतिक्रिया