काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार शिल्पा कार्कीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। विराटनगर महानगरको उपप्रमुखमा जनता समाजवादीबाट उठेका अमरेन्द्र यादवले कार्कीको उम्मेदवारी खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए।
तर सर्वोच्चका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले यादवले हालेको रिटमा अन्तरिम आदेश दिनुनपर्ने भनेको छ। यादवले कार्कीविरुद्ध विराटनगरस्थित कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवार बनेको भन्दै रिट हालेका थिए।
यादवले चुनावमा उड्न कार्कीले कार्कीले कीर्ते राजीनामा बुझाएको आरोप लगाएका थिए। सर्वोच्चको निर्णयले कार्की सुरक्षित भएकी छन्।
प्रतिक्रिया