काठमाडौं। सुर्खेतमा रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुट्ने प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्मचारी प्रशासन शाखाले सई भट्टलाई निलम्बन गरेको हो।
भट्ट स्थानीय तह निर्वाचनमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएका थिए।
भट्टले नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्याउने किसिमको कार्य गरेकोले ३ महिनाको लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भएका भट्ट हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत थिए।
प्रतिक्रिया