दाङ। दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।
नुहाउने क्रममा डुबेर मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदी र घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीया विमला घर्तीमगर रहेका छन्।
सुवेदीको बबई नदीमा डुबेर मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घर्तीमगरको जलाशयमा नुहाउन गएको बेला चिप्लिएर मृत्यु भएको दाङका प्रहरी प्रवत्ता मुकुन्द रिजालले जानकारी दिए ।
उनको शवको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।
त्यस्तै, बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका–१० नारायणपुरका १६ वर्षीय प्रसान्त वली बेपत्ता भएका छन्।
तुलसीपुर उपमहानगरपालिका–११ मा मामा घर गएका उनी बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको छ।
प्रतिक्रिया