Developed By Kuldeep Sharma

May 12, 2022

१२५ मतदाता परिचयपत्र खोसेर फरार निवर्तमान वडाध्यक्ष पक्राउ

दोलखा। मतदाता परिचयपत्र खोसेर फरार भएका तामाकोसी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई नियन्त्रणमा लिई निर्वाचन कसुरअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ ।

काफ्ले सो वडा कार्यालय भवनस्थित मतदानस्थलमा मतदाता वितरण हुँदै गरेको १२५ थान मतदाता परिचयपत्र सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट खोसी फरार भएकामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चलान गरेको थियो।

निज काफ्लेलाई दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन कसुरअन्तर्गत कारबाही चलाउने विषयमा कार्यविधिगत स्पष्टताका लागि आयोगमा आवश्यक प्रक्रिया अघि आग्रह आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma