Developed By Kuldeep Sharma

May 13, 2022

तस्वीरहरूमा हेर्नुहोस् शीर्षस्थहरूको मतदान

काठमाडौं । विभिन्न उच्च पदस्थ व्यक्तिहरूले मतदान गर्ने क्रम जारी छ। आज भइरहेको स्थानीय तह निर्वाचनमा बिहानैदेखि शीर्ष नेता, कर्मचारी, मन्त्रीलगायतहरू मतदानस्थल पुगी मतदान गरिरहेका छन्।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन्। जारी मतदानमा राजनीतिक दलका केहि शिर्ष नेता तथा सरकारका मन्त्रीहरुले पनि मतदान गरेका छन्।

एमालेबाट काठमाडौं महानगर प्रमुखका उम्मेदवार केशव स्थापित

उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुगेका थिए। सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ।

यसैबीच गृहमन्त्री बाँकृष्ण खाँणले मतदान गरेका छन्।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका हुन्। स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान शुरु भएको छ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संघीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए। उनले भने,“सङ्घीयता विकासका लागि फलदायी भएको छ। स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ। ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे।

त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन्।

उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन्। सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए। उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे। मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले पनि सिन्धुपाल्चोकबाट मतदान गरेका छन्।

उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया

 

माओवादी केन्द्रकी नेतृ तथा उर्जामन्त्री पम्फा भुसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma