काठमाडौं। १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ।
अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदासीलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ति व्यक्तीले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए।
अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया