Developed By Kuldeep Sharma

May 13, 2022

सर्लाही र गोरखामा पनि झडप हुन थालेपछि गोली चल्यो

काठमाडौं। सर्लाही र गोरखामा पनि मतदानका क्रममा राजनीतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि गोली चेलेको छ।

सर्लाहीको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेको छ। मतदान सुचारु गर्नका लागि राजनीतिक सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, गोरखाको गण्डकी गाउँपालिका(७ स्थित ज्ञानभूमि माविको मतदानस्थलमा कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma