Developed By Kuldeep Sharma

May 13, 2022

वालिङ जिप दुर्घटना : १३ जनाको मृत्यु, १२ घाईतेलाई पोखरा रेफर

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

जिल्लाको सिख्रेबाट वालिङको र मतदान केन्द्रतर्फ मतदाता बोकेर जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप वालिङ १५ मा दुर्घटनामा परेको हो। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले दुर्घटनामा १३ जनाको ज्यान गएको मुलुक प्रेसलाई जानकारी दिए।

उनले यसअघि १४ जनाको मृत्यु भएको जानकारी आएपनि एक जनाको पछि होस खुलेको जानकारी दिए। मृतकको सनाखात भने हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी पौडेलले मृतकको सनाखत गर्न लागिएको बताए। उनकाअनुसार १२ जना घाईतेलाई उपचारका लागि पोखरा रेफर गरिएको छ।

जिपमा २६ जना यात्रु सवार रहेको प्रजिअ पौडेलले जानकारी दिए। जिप करिब ५ सय मिटर तल खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma