Developed By Kuldeep Sharma

May 13, 2022

मतदान अधिकृतमाथि कुटपिट हुँदा अर्को दिन मतदान गर्नेगरी स्थगित

काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा न.२ स्थित हिररबा माविमा जारी मतदान स्थगित भएको छ।

मतदान अधिकृतमाथि कुटपिट हुँदा रोकिएको मतदान पुनः सुरु हुने अवस्था नभएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो। मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो।

लगत्तै एक समूहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो। मतदान अधिकृतमाथि कुटपिट भएपछि अहिले मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma