काठमाडौं। आजका लागि तोकिएको स्थानीय तहको निर्वाचन ३२ वटा मतदानकेन्द्रमा रोकिएको छ।
ती मतदान केन्द्रमा आएका बिभिन्न विवाद र समस्याका कारण आज मतदान हुन नसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। सिन्धुपाल्चोक, काभ्रे, हुम्ला, जुम्ला, सप्तरी, रौतहट र बझाङका केही मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदान रोकिएको केन्द्रमा पुनः सुरु गर्ने प्रयास भइरहेको पनि आयोगले जनाएको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एउटा मतदान केन्द्रमा भने दलहरुको सर्वदलीय बैठक बसेर मतदान रोक्ने निर्णय भइसकेको छ। उक्त स्थानमा जेठ १ गते (पर्सी) मतदान गर्ने जनाइएको छ।
प्रतिक्रिया