काठमाडौं। उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ।
ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सबैखाले यातायातका साधन सञ्चालन गर्न दिने जनाएको हो। आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने ट्राफिक प्रहरीले जनाएको छ। स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो ।
प्रतिक्रिया