काठमाडौं। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको निधन भएको छ।
उनको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको हो। राज्य मिडियाका अनुसार उनी विगत लामो समयदेखि रोगसँग लडिरहेका थिए। राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार शेख खलिफा बिन जायद अल–नाह्यानको निधन भएको पुष्टि गरेको छ।
राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा पनि गरेको छ। संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ। सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।
प्रतिक्रिया