काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि भएको मतदान सम्पन्न केन्द्रबाट मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजान सुरु गरिएको छ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा नै आजै रातिबाट मतगणना शुरू हुने निर्वाचन बताएको छ। सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लैजाने क्रम जारी रहेको निर्वाचन आयोगले बताएको छ।
मतगणना शुरु हुनुअघि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राख्नेछन्। सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले जानकारी दिएको छ। देशभर एकसाथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ। आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ।
केही स्थानमा स्थगित भएको मतदान अर्को दिन हुने आयोगले जनाएको छ।
प्रतिक्रिया