Developed By Kuldeep Sharma

May 13, 2022

कृष्णनगरका एमाले उम्मेदवारले दिएको अभव्यिक्त निराधारः सांसद शाह

कपिलवस्तु। सांसद अभिषेक प्रताप शाहले एमालेका कृष्णपुर नगरपालिकाका मेयरका उम्मेदवार कुनल प्रताप शाहको अभव्यिक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

एमालेका कृष्णपुर नगरपालिकाका मेयरका उम्मेदवार शाहको सांसद शाह र रजत प्रताप शाहले भारतीय गुण्डा ल्याएर आफूमाथि आक्रमण गराएको आरोप लगाएादै विभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए।

उक्त आरोपको खण्डन गर्दै सांसद शाहले उक्त अभिव्यक्ति निराधार रहेको बताएका छन्।

हेर्नुस् सांसद शाहले जारी गरेको विज्ञप्तिः

उपरोक्त सम्बन्धमा आज कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार कुनल प्रताप शाहले ‘भारतीय गुण्डा ल्याएर सांसद अभिषेक प्रताप शाह र रजत प्रताप शाहले म माथि आक्रमण गाराएको’ भन्ने विषयमा विभिन्न संचारमाध्यममा दिएको अभिव्यक्ति तथा उनले गरेको टिप्पणीबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ । प्रस्तुत अभिव्यक्ति निराधार रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।

तर घटनाबारे बुझ्दा घटना करिब आज १०ः३० बजे वडा नम्बर ४ को श्री गणेश मावि नजिकै भएको घटनामा उम्मेदवार कुनाल प्रताप शाहले राकेशमणी त्रिपाठीलाई अश्लील गाली गलौज गरेको, उनको सर्टको कलर समातेर र निज मुसे भनिने राकेशलाई गोली हानेर हत्या गर्ने समेत धम्की दिएको बुझिएको छ । धम्की दिएको सुनेपछि त्यसपश्चात स्थानीय जनताले मुसेको बचाउ गर्न प्रतिकर गर्न खोजेको बुझिएको छ । स्थानीय आफूविरुद्ध देखेपछि कुनाल प्रताप शाह फरार भएको भनिएको छ । घटनास्थलमा प्रहरी निरिक्षक (इन्सपेक्टर) सैलेन्द्र पाण्डेसमेतको उपस्थिति रहेको र स्थिति नियन्त्रण लिन उहाँले समेत भूमिका खेलेको स्थानीयवासीले जानकारी दिएका छन् ।

घटनाबारे स्थानीय प्रशासनलाई जानकारी गराई सकेको छु र निष्पक्ष छानविन समिति गठन गरि प्रतिवेदन समेत पेश गर्न माग समेत गरेको छु । कुनाल प्रताप शाहलगायतका व्यक्तिहरुले राकेश मणि(मुसे)लाई ज्यान मार्ने धम्कि बारम्बार दिएको र उनको जन धनको रक्षाको लागि प्रशासनसंग सुरक्षाको माग पनि गर्दछु । साथै दोषी उपर कडा भन्दा कडा कारवाही होस् भन्ने माग समेत गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma