Developed By Kuldeep Sharma

May 14, 2022

नार्पाभूमिको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्।

लामाले १५८ मत ल्याएर विजयी प्राप्त गरेको हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाए।

४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३ सय ४ मत खसेको थियो। उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका थिए।

उपाध्यक्षमा कांग्रेस, स्वतन्त्रलगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma