काठमाडौं। प्युठानको सरुमारानी गाउँपालिका ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका उम्मेदवार तिलबहादुर बुढा विजयी भएका हुन्। उनले ६ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरेका थिए। सो वडाको महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन् ।
प्रतिक्रिया