काठमाडौं। इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले अग्रता लिएका छन्। नेकपा एकिकृत समाजावादीका सम्मानित समेत रहेका नेता झलनाथ खनालको गृह नगरसमेत रहेको यहाँ राईले १ सय ५८ मत पाएका हुन्।
एमालेका उम्मेदवार काजीमान कागतेले भने १५२ मत ल्याएका छन्। राईलाई गठबन्धनका अन्य दलहरुले समर्थन जनाएका छन्। उपमेयरमा एमालेले अग्रता लिएको छ। एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२ मत पाएका छन्।
प्रतिक्रिया