Developed By Kuldeep Sharma

May 14, 2022

भरतपुर महानगरपालिकाको मतगणना सुरु

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ।

वडा नं. १ बाट मतगणना सुरु भएको हो। भरतपुरमा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो। निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो।

शुक्रबार बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट गणना गर्ने निर्णय गरेपनि गणनामा ढिलाइ भएको छ। भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादीकी रेणु दाहाल, एमालेका विजयी सुवेदी प्रतिष्पर्धामा छन्। कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma