काठमाडौं। मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ।
हालसम्म ७ सय मत गणना हुँदा मेयर पदमा काङ्ग्रेस उम्मेदवार नागेश कोइरालाले २ सय ६९ मत ल्याएका छन्।
एमाले उम्मेदवार सागर थापाले १ सय ८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन्।
उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले २ सय ३६ र जसपाका उम्मेदवार अमरेन्द्र यादवले १ सय ५२ मत ल्याएका छन्।
प्रतिक्रिया