Developed By Kuldeep Sharma

May 14, 2022

रुकुम पश्चिमको त्रिवेणी १ मा माओवादीका बागीको प्यानल विजयी

काठमाडौ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ।

माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन्।

ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओलीले वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma