चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।
यसअघि नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका थिए। तर उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डी छोरी रेनुले उछिनेकी छन्। हालसम्म ३५० मतगणना गर्दा रेनुले १ सय ३३ मत पाएकी छन्। एमालेका सुवेदीले १ सय २७ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्।
यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ। गठबन्धनमा कांग्रेसका तर्फबाट उपमेयर चित्रसेन अधिकारीले सुरुवाती अग्रता कायम राखेका छन्। उनले १ सय ६२ प्राप्त गर्दा एमालेले समर्थन गरेका राप्रपाका उम्मेदवार हिमला गुरुङले ९१ मत ल्याएकी छन्। भरतपुरको मतगणना तीन स्थान (काउन्टर) बाट भइरहेको छ।
प्रतिक्रिया