Developed By Kuldeep Sharma

May 15, 2022

काठमाडौं अपडेट : बालेनको अग्रता कायमै, स्थापतिसंग मतान्तर घटाउँदै सिर्जना

काठमाडौं। महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउदै गएका छन्।

प्रत्यक पटकको मत परिणाम सार्वजनिक गर्दा उनले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन्। केहिबेर अघि सार्वजनिक मतपरिणम अनुसार बालेनले ३११० मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले १६४५ मत प्राप्त गरेर पछ्याइरहेका छन्। तेस्रोमा रहेकी सिर्जना सिंहले १६०२ मत ल्याएकी छन्।

अहिले वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ। तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले भने मतान्तर घटाएकी छिन्। यसअघि बालेनले प्राप्त गरेको मतमा उनले आधा भन्दा पनि कम पाएकी थिइन। तर अहिले बालेनसंग उनको मतान्तर दोब्बर छैन। सिर्जनाले केशवसंग पनि मतान्तर घटाएकी छन्। स्थापितसंग सिर्जनाको मतान्तर अहिले ३४ मात्रै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma