काठमाडौं । देशका प्रमुख शहर मानिएका ६ वटा महानगरमा नेकपा एमालेले कुनैमा पनि अग्रता लिन सकेको छैन्। यसअघि २०७४ सालको निर्वाचनमा २ वटा महानगर जितेको एमालले अहिलेको निर्वाचनको जारी मतगणनामा कुनै पनि महानगरमा अग्रता लिन सकेको छैन। यो समाचार तयार पर्दासम्मको अपडेट यस्तो छ।
काठमाडौं
यसअघि एमालले जितेको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्म फराकिलो अन्तर बनाएका छन्। दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापित झण्डै १३ सय मतले पछाडि छन्।
बालेन साह : ३११०
केशव स्थापित: १६४५
सिर्जना सिह: १६०२
पोखरा
यसअघि एमालले जितेको पोखरा महानगरमा पनि एमाले दोस्रो भएर पछ्याइ रहेको छ। त्यहाँ १ सय बढि मतान्तर छ। एमालले पोखराको मेयरका लागि कृष्णबहादुर थापालाई उम्मेदवार बनाएको छ। पोखरामा गठबन्धनका तर्फबाट एकिकृत समाजवादीका धनराज आचार्य छन्। हाल उनले अग्रता लिइरहेका छन्।
धनराज आचार्य: ११२१
कृष्णबहादुर थापा : १०४०
ललितपुर
ललितपुरमा पनि एमाले दोब्बर मतले पछि छ। गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो मतान्तर बनाएका छन्। हालसम्मको परिणामअनुसार त्यहाँ एमाले ४ सय बढि मतान्तरले पछ्याइ रहेको छ। ललितपुरमा एमालेका तर्फबाट हरिकृष्ण ब्यञ्जनकार उम्मेदवार छन्।
चिरिबाबु महर्जन : ८७७
हरिकृष्ण ब्यञ्जनकार : ४०२
भरतपुर
दलहरुले प्रतिष्ठाको रुपमा हेरेको चितवनको भरतपुरमा पनि एमाले पछि छ। त्यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादीले गठबन्धन गरेर माओवादीकी रेनु दाहाललाई प्रमुखको उम्मेदवार बनाएका छन्। एमालले पनि राप्रपासंग तालमेल गरेको छ। भरतपुरमा राप्रपा पनि बलियो देखिन्छ। तर पनि एमालेका उम्मेदवार विजय सुवेदीले रेनुलाई पछ्याइरहेका छन्। तर यहाँ मतान्तर खासै बढि भने छैन। कडा प्रतिस्पर्धा नै देखिए पनि एमाले अगाडी जान भने सकेको छैन। यस्तै कांगे्रका बागी जगन्नाथ पौडेलले पनि आसा लाग्दो मत ल्याइरहेका छन्।
रेनु दाहाल : १७२७
विजय सुवेदी : १६४७
जगन्नाथ पौडेल : ५७९
बिराटनगर
यहाँमा एमाले ठुलो मतान्तरले पछि देखिएको छ। नेपाली कांगेसको गढ मानिने त्यहाँ एमालेलाई त्यत्ति सजिलो त थिएन। हालको मतपरिणाम हेर्दा करिब हजारको मतान्तर छ। बिराटनगरमा कांग्रेसले नागेश कोइरालालाई र एमालेले सागर कुमार थापालाई मेयरको उम्मेदवार बनाएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार पनि आशा लाग्दो मतसहित आइरहेको देखिन्छ।
नागेश कोइराला : २५८३
सागर कुमार थापा: १६१५
विरगंज
एमालले अहिलेको निर्वाचनमा आसा गरेको विरगंजमा पनि निकै ठुलो मतान्तर छ। यसअघि जनता समाजवादी पार्टीबाट मेयरमा जितेका विजय सरावगी अहिले एमालेबाट मेयर बनेका छन्। तर उनी निक्कै पछि देखिएका छन्। त्यहाँ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह उम्मेदवार छन्। त्यहाँ पनि हजार भन्दा बढि मतान्तर छ।
राजेशमान सिंह: १८१०
विजय सरावगी: ७४७
छ वटै महानगरमा कांग्रेस, माओवादी, एकिकृत सामाजवादी, जनता समाजवादीले तालमेल गरेका छन्। एमालले पनि केहिमा राप्रपासंग तालमेल गरेको छ।
प्रतिक्रिया