काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रीवी )ले दुई दिन सार्वजनिक विदा नदिने निर्णय गरेको छ।
त्रिवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्व विद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो।
सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख छ।
मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले वैशाख २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
प्रतिक्रिया