Developed By Kuldeep Sharma

May 16, 2022

एमालेको गढ मानिएको धनकुटामा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडाैँ। अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।निर्वाचन आयोगका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका र सागुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको हो ।

छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मतसहित विजयी भएका हुन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत प्राप्त गरे। उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता गुरुङ विजयी भएकी छिन्। उनले एमालेकी गोमा कार्कीलाई पराजित गरेकी हुन्।

त्यस्तै सागुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी मुना राई विजयी भइन्। उनले जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई पराजित गरेकी हुन्।
धनकुटाको चौबिसे गाउँपालिकामा भने नेकपा एमाले विजयी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma