Developed By Kuldeep Sharma

May 16, 2022

केपी ओलीलाई गृहवडामै धक्का, कांग्रेसको प्यानलनै विजयी

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदान गर्ने वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ। प्राप्त अन्तिम नतिजा अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा कांग्रेसका प्रदीप कार्कीसहित सिङ्गो प्यानल विजयी भएको हो।

उनले एक हजार ५११ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का विश्वराज बिष्टले १ हजार ३०५ मत पाएको निर्वाचन अयोगले जनाएको छ।

वडा सदस्यहरूमा कांग्रेसका जनार्दन खड्का, भगत रानाभाट, कल्पना खतिवडा र रन्जना त्रिखत्री विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma