काठमाडाैँ। नेपाली कांग्रेसले काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर जितेको छ। कांग्रेस उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएर मेयर जितेका हुन्।
उनले नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। उपमेयरमा पनि कांग्रेसले जितेको छ।
सृजना बुर्लाकोटीले उपमेयर जितेकी हुन्। उनले १० हजार सात सय ८६ मत ल्याइन् भने एमालेकी भवानी डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्। ०७४ मा यहाँ नेकपा एमालेले मेयर र उपमेयर जितेको थियो।
प्रतिक्रिया