Developed By Kuldeep Sharma

April 21, 2022

डब्लूएचओका महानिर्देशक डा. ग्रेहब्रेयसस तीन दिने भ्रमणका लागि काठमाडौंमा

काठमाडौँ । स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. ट्रेडोस एड्हानोम ग्रेहब्रेयसस तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी तीन दिने भ्रमणमा आज नेपाल आइपुगेका हुन् ।

महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा। पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा। शम्भु आचार्य पनि आएका छन् । नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोसको यो पहिलो नेपाल भ्रमण हो । यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बुढानिलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma