काठमाडौं। नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै श्रीवास्तवलाई नियुक्त गरेको जानकारी दिएको हो ।
श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन्। पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव कूटनीतिज्ञ श्रीवास्तव चीन विज्ञका रूपमा परिचित छन्।
नेपालमा रहेका राजदुत विनय मोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेपछि नेपालमा उक्त पद खाली थियो।
प्रतिक्रिया