Developed By Kuldeep Sharma

April 21, 2022

रोड रेस शनिबार

काठमाडौ । रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुष–महिला खुला र छात्र–छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगितामा करिब ४०० खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ ।

खुलामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु. २५ हजार, रु. १२ हजार र रु. आठ हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी छात्र–छात्रामा पहिलो हुने खेलाडीले रु. १० हजार, दोस्रोले रु. पाँच हजार र तेस्रो हुने खेलाडीले रु. तीन हजार पुरस्कार पाउने छन् । दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुङ्गिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma