Developed By Kuldeep Sharma

May 18, 2022

लेखराज भट्टको गृहनगरमा उनकै भाइ ४ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं। नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन्।

उनले लेखराजका भाइसमेत रहेको एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गरेका हुन्। बीरेन्द्र १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्दी गोकर्णले ११ हजार २२४ मत ल्याए। उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन्। उनले १० हजार ६७० मत ल्याइन्।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन्। बीरेन्द्र र रत्ना सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma