चितवन। भरतपुर महानगरपालिकाको जारी मतगणमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।
सुरुवातमा झिनो मतले अग्रता लिएकी रेनुले वडा नं. ६ सम्मको मतगणना हुँदा मतान्तर फराकिलो बनाउन थालेकी हुन्। हालसम्म २८ हजार ४३८ मतगणना गर्दा रेनुले १ हजार ७१२ को मतान्तर बनाउँदै अग्रता लिएकी छन्। उनले ९ हजार ९७० मत पाएकी छन् भने एमालेका विजय सुवेदी ८ हजार २५८ मत पाएका छन्।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनकै तर्फबाट कांग्रेसका चित्रशेन अधिकारीले ११ हजार ९५६ मत पाउँदा राप्रपाकी हिमला गुरुङको ६ हजार ७४२ मत छ।
प्रतिक्रिया