Developed By Kuldeep Sharma

May 18, 2022

कांग्रेस – एमालेको गठबन्धनविरुद्ध चौरजहारीमा माओवादीको जित

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनविरुद्ध रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र जित निकालेको छ।

नगरप्रमुखमा माओवादीका पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा विजयी भएका हुन्। वादी ६८८२ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए। यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी शर्मा ७ हजार २ मत सहित विजयी भइन्। उनले नेकपा एमालेका उम्मेदवार टंकप्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन्।

ओलीले ५७४४ मत पाए। चौरजहारी नगरपालिकाका अधिकांश वडाहरु पनि माओवादी केन्द्रले जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma