Developed By Kuldeep Sharma

May 18, 2022

फिक्कल गाउँपालिकाको अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी

काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छन्।

कांग्रेसका नृप भुजेललाई ४५ मतले पराजित गर्दै सनुवार निर्वाचित भएकी हुन्। एमालेकी सुनुवारले ४ हजार ६२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुजेलले ४ हजार १७ मत पाए।

उपाध्यक्षमा भने एमालेकै राजु बरालले फराकिलो अन्तरमा विजयी भएका छन् । बरालले ४ हजार २ सय ५६ मत पाई निर्वाचित हुँदा गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र कार्कीले ३ हजार ४ सय २६ मत प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma