Developed By Kuldeep Sharma

April 22, 2022

आजबाट एसईई परिक्षा सुरू, जापानबाट २० सहित ५ लाख बढि परीक्षार्थी सहभागी हुँदै

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ। परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म चल्ने छ।

एसईइ परीक्षाको पहिलो दिन शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ। यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।

परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन । परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए। दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन्।

एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि एसईईमा सहभागी हुन लागेका जनाइएको छ। कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो। अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो।

एसइई परीक्षाको नतिजा आगामी साउनअघि नै प्रकाशित गर्ने बोर्डको योजना छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma