Developed By Kuldeep Sharma

April 22, 2022

आईपिएलमा मुम्बईमाथि चेन्नेईको रोमाञ्चक जित, मुम्बईको लगातार सातौं हार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको जित निकालेको छ। बिहिबार राति मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाएका हुन्।

धोनीले १३ बलमा २८ रन जोडे। चेन्नेईको जितमा आम्बाती रायडुले सर्वाधिक ४० रन बनाए । रोविन उथप्पाले ३० रनको योगदान दिए। ओपनर रुतुराज गाइवाड शुन्य रनमा पोलियन फर्किदा मिचेर स्यान्टनरले ११, सिवम दुबेले १३ र कप्तान रविन्द्र जडेजाले तीन रन बनाए। ड्वेन प्रिटोरियसले २२ रनको इनिङ्स खेले।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी, मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४ र जयदेव उनादकटीले २ र रिले मेरेडिथले १ विकेट हात पारे। जारी आईपीएलमा चेन्नईको यो तेस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma