काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आज(शुक्रबार) बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लामो समयसम्म नटुंगिएपछि कार्यसम्पादन समितिको बैठक स्थगित भएको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल गर्न दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको थियो।
सत्तारुढ गठबन्धनमा कांग्रेसलाई ३ वटा महानगर र ७ वटा उपमहानगरको प्रमुख भाग परेको छ।
प्रतिक्रिया