Developed By Kuldeep Sharma

May 28, 2022

अझै २ दिन वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ। बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले बताए।

आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ। नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद् महर्जनले बताइन्।

उनले भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेको बताउँदै उनले बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको बताइन्। मनसुन पूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको उनको भनाई छ।

उनले भनिन्,‘मौसमको यो अवस्था अझै २ दिन रहन सक्छ। पूर्वी भाग, बागमती प्रदेश, मधेस प्रदेशमा भोलि पनि पानी पर्ने सम्भावना रहेको छ। ति स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको सम्भावना रहेको छ। आज पश्चिमका पहाडी भूभागहरूमा पनि वर्षाको सम्भावना रहेको छ। मौसम तत्काल खुला हुने भन्दा पनि अझै ३ दिनसम्म बदली हुने नै देखिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma