Developed By Kuldeep Sharma

April 23, 2022

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(शनिबार) बस्दैछ। बैशाख ३० गते हुने स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक आज विहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवार र महानगरको उम्मेदवारका विषयमा टुगो लगाउनेबारे छलफल हुनेछ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई ३ वटा महानगर र ७ वटा उपमहानगरको प्रमुख भाग परेको छ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma