काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन्। आज(शनिबार) नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका हुन्।
आम जनतालाई जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्ने उनले बताएका छन्। बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको पनि उनको भनाइ छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिम्मेवार पार्टीका प्रतिनिधीलाई टिकट दिन आग्रह गरेका छन्।
प्रतिक्रिया