काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि पनि सरेको छ । आज(शनिबार) बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक सारेर दिउँसो २ बजेलाई तय गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवार र महानगरको उम्मेदवारका विषयमा टुगो लगाउनेबारे छलफल हुनेछ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक पनि बालुवाटारमा बसेको पदाधिकारीको बैठक लामो समय सम्म नटुंगिएपछि आजका लागि सारिएको थियो।
प्रतिक्रिया