Developed By Kuldeep Sharma

April 23, 2022

पोखरा महानगर नेकपा एसको भागमा परेपछि कांग्रेस कार्यालयमा नाराबाजी

काठमाडौं। पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेपछि कांग्रेस जिल्ला पार्टी कार्यालयमा नाराबाजी भइरहेको छ। मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै ३३ वटै वडाका सभापतिहरुले नाराबाजी गरेका हुन्।

सत्तारुढ गठबन्धनमा भएको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको हो। अहिले पोखरा महानगरपालिकाका नेपाली कांग्रेस भित्र तालमेलमा चर्को विवाद देखिएको छ ।

केन्द्रका नेताहरुले गरेको निर्णयले स्थानीय तह कमजोर बनाउने बताउँदै यस्तो सहमती स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताए। उनले वडामा सहमति गर्न सकिने तर महानगरको मेयरमा सहमती गर्न नसकिने बताएका छन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma