Developed By Kuldeep Sharma

April 23, 2022

केजीएफ हेरेपछि अल्लू अर्जुनले गरे यश र प्रशान्त निलको खुलेआम तारीफ

काठमाडौं। साउथ सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ को नसा सबैमा यसरी चडेको छ की हेर्ने जती सबैले खुलेआम तारीफ गरेका छन। भारतीय सिनेमा उद्योगमा कमाइको आधारमा ‘केजीएफ–२’ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ। यस फिल्मले साउथमा त कमाई गरेको नै छ।

हिंदीमा पनी यसको कलेक्सनले सबैको होस नै उडाएको छ। हिन्दी संस्करणमा यस फिल्मले एक सातामै २ सय ५० करोड भारु आम्दानी गरेको छ। रिलीज देखी फ्यानलाई त केजीएफ २ राम्रो नै लागीरहेको छ । सथै फिल्म जगतका धेरै सेलीवे्रटी समेतले फिल्मको प्रशंसा गर्दै आएका छन्। यो फिल्म हेरिसकेपछि सुपरस्टार अल्लू अर्जुनले नायक यश र निर्देशक प्रशांत नीलको खुलेआम तारीफ गरेका छन्।

फिल्म हेरेपछि अल्लू अर्जुनले सामाजिक सञ्जालमा नायक यशसंगै फिल्मका निर्देशक प्रशांत नीलको खुलेरै तरीफ गरेका हुन्। उनले ट्विटरमा लेखेका छन् ‘केजीएफ २ को पुरै टिमलाई मेरो तर्फबाट बधाई। यसको तारीफ गर्न म संग कुनै शब्द नभएको र संजय दत्त, रविना टंडनका साथै श्रीनिधि समेत सबै कलाकारको जोडदार प्रस्तुतीका सथै उत्कृष्ट ब्याकग्राउण्ड स्कोर र शानदार भिडियोका लागी रवी र भुवनसमेत सबै टीमलाई मेरो सलाम’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma