Developed By Kuldeep Sharma

June 5, 2022

कोभिडका कारण नेपालमा इन्टर्नसीप गरेका विद्यार्थी परीक्षामा सहभागी हुन पाउने

काठमाडौं। कोभिड-१९ को कारणले नेपालमा इन्टर्नसिप गरेका मेडिकलका विद्यार्थीले विशेष परीक्षा दिन पाउने भएका छन्।

विदेशमा अध्ययन गरेका कोभिड-१९ को कारणले नेपालमा इन्टर्नसिप गरेका मेडिकलका विद्यार्थीले विशेष परीक्षा दिन पाउने भएका हुन्। मेडिकल काउन्सिलले लिने परीक्षामा विदेशमा अध्ययन गरेका परीक्षार्थीले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकेको अवधि (इन्टर्नसिप समेत) पूरा गरेको र अध्ययन गरेको विश्वविद्यालयको प्रमाणपत्र पेश गर्नुपर्ने छ।

स्नातकोत्तर तहको विशेष परीक्षा साउन ६,७, मङ्सिर ९,१०, चैत १७ र १८ गते परीक्षा हुने काउन्सिलले आइतबार सूचना जारी गरी जनाएको छ। त्यस्तै, स्नातक तहको प्रमाणपत्र ( लाइसेन्स परीक्षा) ( क) असोज ६,७ र ८ गते हुने भएको छ। (ख) माघ १२,१३ र १४ गते परीक्षा हुने सूचनामा उल्लेख छ।

साउन ६ र ७ गते हुने विशेष परीक्षाका लागि जेठ २२ गतेदेखि असार २० गतेसम्म नियमित र असार २१ र २२ गते विलम्ब शुल्कसहित अनलाइन फारम भर्न आयोगले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma